काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो ।
बैठकले अध्यक्ष आम जनसमुदाय र नागरिक समाजको दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, आज प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने लगायतका निर्णय गरेको एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।