काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ।
ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो।
उनको मुटुको चाल अनियमित भएपछि अस्पतालमै राखिएको छ। ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको हो। अदालत उपस्थित गराउन खोजे पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति नदिएको स्रोतले जनाएको छ।
पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालत उपस्थित गराइसकिएको छ।