काठमाडौँ। भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गरेर उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो। त्यसपछि उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पुगेको थियो।
पूर्वन्यायाधीश कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको उक्त प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक प्रहरी हिरासतमा छन्।
सरकारले सुरक्षा संयन्त्रको हकमा थप अध्ययन गरेपछि कार्यान्वयनमा लैजाने भनेको छ। त्यसबाहेकका व्यक्तिलाई नियन्त्रणमा लिने र प्रतिवेदनमा उल्लेख भएबमोजिमका विषयमा अनुसन्धान गरिने भएको हो।