काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ चैत्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ४ हजार ७ सय २० रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।