काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। इजरायल-अमेरिका र इरान युद्धमा यमनको हुथी विद्रोही पनि जोडिएको छ। हुथी विद्रोहीहरूले इजरायलतर्फ मिसाइल आक्रमण गर्दै खुल्ला युद्धमार्फत इरानको समर्थनमा उत्रिएका हुन्।

हुथीहरूले ‘रेड सी’ को दक्षिणी छेउमा रहेको ‘बाब-अल-मन्डेब स्ट्रेट’ बन्द गर्ने इरानको धम्कीलाई सहयोग गरेमा यसले विश्व अर्थतन्त्रमा अर्को ठूलो झट्का दिन सक्ने छ।

हुथीले इजरायलका संवेनदशील सैन्य पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ। बियर सेब्बा आसपास र इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक हुथीले आक्रमण गरेपछि शुक्रबार राति चेतावनीस्वरुप साइरन बजेको थियो।

लेबनानको हिजबुल्लाहले २ मार्चदेखि नै युद्धमा इरानलाई समर्थन गर्दै इजरायलसँग लडिरहेको छ। जवाफमा इजरायलले हिजबुल्लाह बाहुल्य दक्षिण लेबनानमा आक्रमण गर्दै आइरहेको छ। अहिलेसम्म ठूलो जनसंख्याले यस युद्धका कारण ज्यान गुमाइसकेको छ।

यमनको राजधानी साना सन् २०१४ देखि नै हुथीको नियन्त्रणमा छ। जारी युद्धबाट लामो समय हुथीले आफुलाई अलग राखेको थियो।