काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ चैत्र २०८२
कुलमान घिसिङ।
अ+
अ-

काठमाडौं। कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

उनले काठमाडौं जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका थिए।

घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको आचारसंहिताअनुसार सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको बताएका छन्। सार्वजनिक विवरणमा कुल १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन्।

घिसिङले कानुनअनुसार पारदर्शिता कायम गर्न आफ्नो सम्पूर्ण चुनावी खर्च सार्वजनिक गरेको बताएका छन्।