काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ चैत्र २०८२
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार बेञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा सहयोग गर्दै आएका छन् ।

असिमले रवि लामिछाने जेलबाट छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग बालेन समूहको एकता गराउन भूमिका खेलेका थिए।

रास्वपा सभापति लामिछाने र बालेनलाई असिमले आफ्नै निवासमा भेटवार्ता गराएका थिए। असिमको समेत पहलमा मध्यरातसम्म छलफल गरेर रवि र बालेनबीच ७ बुँदे सहमति भएको थियो।