काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सेयरबजार

नेप्सेमा आइतबार रिलायन्स स्पिनिङ मिल्स‚ सुपरखुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन इनर्जी लिमिटेडको सेयरमूल्यमा पोजेटिभ सर्किट

१५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से ७१.०५ अंकले ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा २.४० प्रतिशतले घटेको नेप्से २८७९.११ विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४८ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स २.६२ प्रतिशतले घट्दा सेन्सेटिभ फ्लोट इन्डेक्स पनि २.६८ प्रतिशतले ओरालो लाग्यो।

सेयर बजारमा आइतबार ३३३ कम्पनीको एक लाख ९६ हजार १५८ पटकको कारोबारमा तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच भए। जसअनुसार आइतबार १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज १० कम्पनीका सेयर मूल्य मात्र बढे। २५५ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सेयर मूल्य मात्र स्थिर रह्यो। नेप्सेमा आइतबार १३ समूहको कारोबार भएकामा सबै समूह राताम्मे भए।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक २.७८‚ विकास बैंक २.८९‚ फाइनान्स ३.३८‚ होटेल तथा पर्यटन २.२५‚ जलविद्युत् २.२१ तथा लगानी समूहको उपसूचक २.८९ प्रतिशतले ओरालो लाग्यो।

यसैगरी जीवन बिमा २.२०‚ उत्पादन तथा प्रशोधन १.०७‚ लघुवित्त समूह २.११‚ म्युचुअल फन्ड ०.२८‚ निर्जीवन बिमा २.२३‚ अन्य २.५२ र व्यापार समूहको सूचक ३.०१ प्रतिशतले घट्यो।

नेप्सेमा आइतबार तीन कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स‚ सुपरखुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन इनर्जी लिमिटेड छन्। अर्थात् यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.१७ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिडीपावर कम्पनी लिमिटेडको ७१ करोड ११ लाख ७३ हजार ५५६ रुपैयाँको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि सबैभन्दा बढी रिडीपावरकै सेयर १८ लाख ७६ हजार ९२१ कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३७७ रुपैयाँ कायम रह्यो।