काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ।
चेन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै आरसीबीले विजयी शुरूआत गरेको हो।हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ६९ रन बनाएका थिए भने देवदत्त पाडिकलले ६१ र कप्तान रजत पाटीदारले ३१ रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले इशान किशनको ८० र अनिकेत बर्माको ४३ रनको सहयोगले २० ओभरमा ९ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।
यो जितपछि डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्सले यस सिजनमा विजयी शुरुवात गरेको छ। आइपिएल अन्तर्गत अब आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच हुदैछ ।