काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ चैत्र २०८२
अ+
अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूमध्ये ६ जनालाई प्रहरीले रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका ७ जनामध्ये ६ जनालाई छाडिएको हो।

प्रदर्शनका क्रममा पक्राउ परेका विमल धमला नामका एक व्यक्तिलाई भने हिरासतमा राखिएको प्रहरीले जनाएको छ। एसपी भट्टराईका अनुसार धमला प्रदर्शनका क्रममा गाडी तोडफोडमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

त्यसैगरी, धमलाविरुद्ध दुई वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि रहेको प्रहरीले जनाएको छ। उनलाई कानुनी म्याद लिएर थप अनुसन्धान अघि बढाउने प्रक्रिया सुरु गरिएको छ।