काठमाडौं। नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज ७७ वटै जिल्लाका सीडीओ कार्यालयहरूमा विरोधपत्र बुझाउने भएको छ।
एमालेले आज देशभरिका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को कार्यालयमा ओली पक्राउको विरोधपत्र बुझाउने भएको हो। शनिबार बसेको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार आज विरोधपत्र बुझाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
साथै, ओली पक्राउको प्रतिकारस्वरूप आज जिल्ला–जिल्लामा व्यापक विरोध प्रदर्शन गर्ने एमाले नेताहरूले जानकारी दिएका छन् ।जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले मन्त्रिपरिषद्को निर्णयमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखककलाई शनिबार बिहान पक्राउ गरेको थियो।