काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

अस्ट्रेलिया। अस्ट्रेलियाको सेयर बजार सोमबार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ। विश्वव्यापी तेल मूल्य निरन्तर बढ्दै गएपछि बजारमा दबाब परेको हो ।

एस एन्ड पी/एएसएक्स २०० सूचकांक सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर आठ हजार ३९७ अंकमा झरेको छ। यो सूचकांक शुक्रबारको बन्द अवस्थामा रहेको आठ हजार ५१६.३ अंकबाट तल आएको हो।

सोमबार बिहानसम्म हेर्दा यो प्रमुख सूचकांक पछिल्लो एक महिनामा झन्डै ८.७ प्रतिशतले घटिसकेको छ। पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलर नजिक पुगेको छ, जसले सेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन्।

सोमबार बिहानको कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रमा बढी गिरावट देखिएको छ।