काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन र कामकाजका लागि लाइन लाग्न नपर्ने आश्वासन दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिसँग सोमबार भएको भेटमा उनले आगामी दिनमा व्यवसायीहरूले थुनिनु नपर्ने बताएका हुन्। उनले भने‚ “निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूको सहयात्री हौँ। घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन। लगानी बढाउनुस्, रोजगारी बढाउनुस् देश बनाऔँ।”

अर्थमन्त्रीले आफू घुस खान नआएको र कसैलाई पनि घुस खान नदिने बताए। उनले भने, “म घुस खान आएको होइन। कसैलाई खान पनि दिन्नँ। अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।”

कसैले आर्थिक बेइमान गरे आर्थिक जरिवाना गर्ने तर उद्योगी, व्यापारीलाई पक्राउ गरेर नथुन्ने अर्थमन्त्री वाग्लेले बताए। राज्य निजी क्षेत्रको साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा गरिएको उनको भनाइ थियो। उनले भने, “नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छौँ।”