काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने सूचना मन्त्रालयको वेबसाइटबाट हटाएको छ।

मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअगाडि लिँदै आएको इन्ट्रान्स तयारी तथा ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने सूचना आइतबार जारी गरेको थियो। तर सोमबार नै मन्त्रालयको वेबसाइटबाट सो सूचना हटाइएको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सूचनामा केही विषय अस्पष्ट रहेको र सो सूचनालाई प्रस्ट पार्नुपर्ने भएकाले हाललाई हटाइएको बताएका छन्।

मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाख २०८३ देखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सका कक्षा सञ्चालनमा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख थियो।