काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाह सबै दलका सांसदहरूसँग छलफलमा जुटेका हुन्।
बालेनको सचिवालयका अनुसार अहिले कोसी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ।
आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ। आइतबार प्रधानमन्त्री बालेनले मन्त्रीहरूसँग छलफल गरेका थिए।
आज मध्यान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।