काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। झाले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

परिवर्तित राजनीतिक परिवेशमा नैतिकताका दृष्टिले मार्गप्रशस्त गरेको झाले बताएका छन्।

‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु। नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु। यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्गप्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु,’ राजीनामा पत्रमा उल्लेख छ।