काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले ज्यान मार्ने धम्की दिने एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
साम्पाङले सुनिता खड्का नाम गरेकी युवतीले सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।
साम्पाङले आफ्नो फेसबुक पेजमार्फत सुनिताविरुद्ध प्रहरीको साइबर ब्युरोमा दिएको उजुरी सार्वजनिक गरेका छन्।