काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। एक महिनाअघि अमेरिका–इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्ध थप चर्किरहेका समय आइतबार इरानको मध्य सहर इस्फाहानको एक विश्वविद्यालयमा दोस्रो पटक हवाई आक्रमण भएको छ।

फार्स समाचार एजेन्सीले अधिकारीलाई उद्धृत गरी दिएको समाचारमा भनिएको छ, “इस्फाहान युनिभर्सिटी अफ टेक्नोलोजी अमेरिका–इजरायलसँगको इरान युद्धको समयमा दोस्रो पटक हवाई आक्रमणको निशानामा परेको छ।”

“प्रारम्भिक विवरणअनुसार विश्वविद्यालयको एउटा अनुसन्धान संस्थामा भएको आक्रमणबाट अन्य धेरै भवनमा क्षति पुगेको छ भने विश्वविद्यालयका चार कर्मचारी सामान्य घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ।

यसअघि, अमेरिकासँग इजरायललाई इरानी विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा आक्रमण गर्नबाट रोक्न पनि माग गरिएको थियो।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार इरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी गरी दर्जनौँ विश्वविद्यालय र अनुसन्धान केन्द्रहरू प्रभावित भएको बताएका थिए।