काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हो।

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखककी श्रीमती यशोदा लेखकले आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

२३ र २४ भदौको जेन-जी घटनाको जाँचबुझ आयोगले लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही घटनामा अनुसन्धान गर्न भन्दै लेखक पक्राउ परेका थिए।