काठमाडौँ। सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सम्मिलित कार्यदल बनाइएको हो। जसको नेतृत्व प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले गर्नेछन्।
प्रवक्ता पोखरेलले भने, “संविधान संशोधन बहसपत्र तयार गर्न माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू रहने गरी कार्यदल गठन गर्ने।”
साथै मन्त्रिपरिषद् बैठकले १९ चैतमा संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।