बेइजिङ। चीनमा स्वैच्छिक रूपमा अंगदान गर्ने व्यक्तिको संख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अंगदान प्रशासन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी व्यक्तिहरूबाट मृत्युपश्चात् अंगदान भएको छ। यसबाट दुई लाखभन्दा बढी बिरामीहरूको जीवन बचाइएको छ भने एक लाखभन्दा बढी मानिसको दृष्टि पुनःस्थापित गरिएको छ।
यसैगरी, चीनमा ६९ हजारभन्दा बढी पूर्ण शरीर दानसमेत सम्पन्न भइसकेको जनाइएको छ। अंगदाताहरूको सम्मानमा चीनभर ३८० भन्दा बढी स्मारक स्थलहरू स्थापना गरिएका छन्। हरेक वर्ष चिङमिङ पर्वको अवसरमा ती स्थानहरूमा अंगदाताहरूको सम्झनामा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ।
चीनले सन् २०१० मा मृत्युपश्चात् अंगदानसम्बन्धी परीक्षण कार्यक्रम सुरु गरेको थियो भने सन् २०१३ देखि यसलाई देशव्यापी रूपमा विस्तार गरिएको हो।