काठमाडौँ। अमेरिका, इजरायल र इरानबीच २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि मृत्यु हुनेको संख्या पनि निरन्तर बढिरहेको छ।
अहिलेसम्म चार हजार ५०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सबैभन्दा बढी हताहत इरानमा भएको छ।
कहाँ कति जनाको मृत्यु भयो?
इरान : अमेरिकामा आधारित संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएदेखि इरानमा तीन हजार ४९२ जनाको मृत्यु भएको छ। जसमा एक हजार ५७४ नागरिक पनि छन्। साथै २३६ बालबालिकाको पनि मृत्यु भएको छ।
इजरायल : इजरायली एम्बुलेन्स सेवा, मेगन डेभिड एडोम (एमडीए) का अनुसार युद्ध सुरु भएदेखि मिसाइल आक्रमणमा १९ जनाको मृत्यु भएको छ। यसबाहेक इजरायली सेनाका अनुसार लेबनानमा नौजना इजरायली सैनिक मारिएका छन्।
लेबनान : लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार २८ फेब्रुअरीदेखि १२४ बालबालिकासहित एक २४७ जनाको मृत्यु भएको छ।
खाडी क्षेत्र : खाडी देशहरूमा हालसम्म २४ जनाको मृत्यु भएको छ। जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्। यीमध्ये ११ जनाको संयुक्त अरब इमिरेट्समा र सातजनाको कुवेतमा मृत्यु भएको छ। ओमान, साउदी अरेबिया र बहराइनमा दुई-दुईजनाको मृत्यु भएको पुष्टि भएको छ।