काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो।

जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा रिजाललाई मंगलबार बिहान अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको थियो।

जेन-जी आन्दोलनको बेला रिजाल काठमाडौंका सीडीओ थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई कारबाही सिफारिस गरेको थियो।