काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितको टिमसँग छलफल गरेका छन्।

छलफलमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीसम्बन्धी विषयमा छलफल गरिएको थियो। सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ।

साथै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय पनि गरिएको छ। तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ।