काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ। लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार लामिछाने र साहबीच भेटवार्ता भएको हो।

भेटका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका उनको सचिवालयले जनाएको छ।

“देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो,” लामिछानेको सचिवालयले भनेको छ।

भेटका क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेलाई औपचारिक रूपमा बधाई दिएका थिए।