काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रियसभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
लामिछानेलाई भेट्न ठाकुर लामिछानेनिवसा बुढानिलकण्ठ पुगेका थिए। भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
“पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएको छ।” सचिवालयले भनेको छ।