काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सुदुरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री शाहले सांसदहरुसँग छलफल गरेका हुन्।
क्षेत्रगत समस्या बुझ्न उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायत दलका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसँग छलफलमा जुटेका छन्।
यसअघि १६ चैतमा कोसी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए।
हेर्नुहोस् तस्बिर :




