काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ चैत्र २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा १५ मन्त्रीले मन्त्रालय सम्हालिरहेको अवस्थामा अहिले मन्त्रालयहरूमा पहिलेको जस्तो चहलपहल भने देखिएको छैन।

विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत पार्टीले सरकारको नेतृत्व गर्दा र मन्त्री नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेको भिड लाग्ने गर्थ्यो। अहिले अवस्था त्यस्तो देखिएको छैन।

मन्त्रीहरूले मन्त्रालय सम्हालेको दिनबाटै साता दिनसम्म बधाई र शुभकामना दिनेको भिड लाग्ने मन्त्रालयहरू अहिले सुनसानजस्तै देखिएका छन्।

पार्टीका कार्यकर्ता, नेता र आफन्तको भिड लाग्ने सिंहदरबारमा सामान्य भेटघाटभन्दा पनि कामविशेषमा आउनेहरू देखिएका छन्। युवा नेतृत्वमा गठित अहिलेको सरकारले काम गर्न आएको र जस्तै परिस्थितिमा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन्।

हेर्नुहोस् थप तस्बिर :