काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

ट्राफिक प्रहरीले आज (बुधबार) ११ वटा यात्रुवाहक सवारीसाधन, एउटा ट्र्याक्टर, दुईवटा निजी कार तथा दुईवटा स्कुटरका चालकलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। पछिल्लो समय ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरी ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कारबाही गर्दै आएको छ।

मापसे गरी सवारीसाधन चलाउनु नियमविपरीत तथा दण्डनीय कार्य हो। सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।