काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
अ+
अ-

काठमाडौं । संसद् सचिवालयले आज  सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो ।

बिहीबार भोलि दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन्।