खिचिक्क
काठमाडौँ। उपत्यकाको प्राचीन सहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवं सांस्कृतिक ‘बिस्का: जात्रा’ नजिकिएसँगै भैरवनाथको रथ निर्माण तीव्र रूपमा अगाडि बढेको छ।
बिस्का: भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइन्छ। काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये बिस्का: जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणका लागि अहिले स्थानीय गुठियार जुटेका छन्।
लिच्छविकालदेखि सुरु भएको यो ऐतिहासिक जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ। यसपालिको बिस्का: जात्रा यही २७ चैतदेखि सुरु हुनेछ।
हेर्नुहोस् थप तस्बिर :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

