काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१८ चैत्र २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरवलोकनका लागि समिति गठन गरेका छन्।

मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव महेश्वर श्रेष्ठको संयोजकत्वमा आठ सदस्यीय अध्ययन समिति बनाएका हुन्।

समितिलाई ३० दिनभित्र आयोजनाहरूको औचित्य, बजेट व्यवस्थापन, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्यांकनलगायत विषयमा देखिएका समस्या पहिचान गरी समाधानका ठोस सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।