काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
अ+
अ-

यमन। यमनका हुथी विद्रोहीहरूले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्।

हुथी विद्रोहीहरूले इरान र लेबनानको हिजबुल्लाहसँगको सहकार्यमा बुधबार आक्रमण गरेको बताएका छन्।

अमेरिका, इजरायल र इरान युद्धमा प्रवेश गरेपछि हुथी विद्रोहीहरूले इजरायलमाथि गरेको यो तेस्रो आक्रमण हो।

यमनी हुथी आन्दोलनका सैन्य प्रवक्ता याह्या सारीले एक भिडियो सन्देशमा भनेका छन्, “हुथीहरूले आफ्नो तेस्रो सैन्य कारबाही सुरु गरे, प्रमुख इजरायली शत्रु स्थानहरूविरुद्ध ब्यालिस्टिक क्षेप्यास्त्रहरूको आक्रमण गरे।”