काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह। तस्बिर : प्रधानमन्त्री सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका हुन्।

यसअघि १७ चैतमा सुदुरपश्चिम र कर्णालीको प्रतिनिधित्व गर्ने सांसदहरुसँग र कोसीका सांसदहरुसँग प्रधानमन्त्री शाहले छलफल गरेका थिए।

सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको सचिवालयले जनाएको छ।

हेर्नुहोस् तस्बिर :