काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
Oplus_131072
अ+
अ-

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ।

नयाँ चण्डीगढको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले सिजनको सुखद सुरुवात गरेको हो।

गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा डेब्यु खेल खेलेका कोनोलीले शानदार अविजित अर्धशतक प्रहार गरेपछि पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो।

पञ्जावको जितमा कुपर कोनोलीले ७२ रनको अर्धशतकीय इनिङ खेले। ४४ बल खेलेका कोनोलीले समान पाँच चौका र छक्का प्रहार गरे। पबसिम्रन सिंहले ३७ रन बनाए । कप्तान श्रेयस अइयरले १८ रन बनाउँदा जेभियर बार्टलेटले ११ रन बनाए।

गुजरातका प्रसिद्ध कृष्णाले तीन विकेट लिए । कागिसो रबाडा, अशोक शर्मा, राशिद खान र वासिंगटन सुन्दरले समान एक विकेट लिए।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो।

गुजरातका कप्तान सुभमन गिलले ३९ रन बनाए। जस बट्लरले ३८ रन जोडे। ग्लेन फिलिप्सले २५, वासिंगटन सुन्दरले १८, ओपनर साई सुदर्शनले १३ र अविजित रहेका राहुल तेवाटियाले समान ११ रन बनाए।

पञ्जावका विजयशंकर बस्कले तीन विकेट लिए । युजवेन्द्र चहलले दुई विकेट लिँदा मार्काे जानसेनले एक विकेट लिए।