काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा संसदका दुवै सदनको बैठक बिहीबारदेखि सुरु हुँदैछ ।