काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको आदेशअनुसार दुवै जनालाई अनुसन्धानका लागि थप दुई दिन थुनामा राख्न पाइने भएको हो।
प्रहरीले उनीहरूलाई चैत १४ गते पक्राउ गरेको थियो। यसअघि अदालतले पहिलोपटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
प्रहरीले भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा ओली र लेखकमाथि अनुसन्धान गरिरहेको छ। म्याद थपका लागि आज दुवै जनालाई भर्चुअल माध्यमबाट अदालतमा पेश गरिएको थियो।