काठमाडौँ। नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
५ देखि १२ अप्रिलसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा १२-१४ अप्रिलमा हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन्।
दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कास्य जितेका थिए।
प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन्। खेलाडीसहितको तीन सदस्यीय टोली २४ चैतमा किर्गिस्तान जानेछन्। ५ अप्रिलमा किर्गिस्तानमै हुने युनाइटेड वर्ल्ड रेस्लिङ एसिया काउन्सिलको साधारणसभामा भाग लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसमेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछन्। टोलीलाई सफलताको शुभकामना दिँदै राखेपका सदस्य-सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गरे।