काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ चैत्र २०८२
अ+
अ-

चितवन। राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ। यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उनले बताए।

गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा सङ्कलनको काम सुरु गरिने छ। उनले भने, “अहिले गुँड पहिचानको काम भइरहेको छ। यस लगत्तै अण्डा सङ्कलनको काम गरिने छ।” गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए।

यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको हो।