काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो।
झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको बीबीसीले जनाएको छ । सम्बोधन सकिएसँगै तेलको मूल्यमा वृद्धि भएको समाचारमा उल्लेख छ ।
बीबीसीका बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा चार प्रतिशतको बढोत्तरी भएर १०५.३८ डलर पुगेको छ । ट्रम्पले होर्मुज स्ट्रेटबारे केही घोषणा गर्न सक्ने अनुमान गरिएको थियो ।