काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ चैत्र २०८२
सङ्खुवासभाको खाँदबारी नगरपालिका १ स्थित हिमालय मावि परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै विद्यार्थी। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ।

आजदेखि सुरु भएको एसईईको उत्तरपुस्तिका केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। आफ्नो विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नपाउने व्यवस्था गरिएको छ। उनले भने, “जुन विद्यालयको विद्यार्थीको उत्तरपुस्तिका हो, सोही विद्यालयको शिक्षकले परीक्षण गर्न पाउँदैनन्।”

एउटा विद्यालयको शिक्षकले अर्को विद्यालयको विद्यार्थीको परीक्षण गर्ने गरी रोस्टर बनाएको छ। परीक्षणको काम तीन दिनभित्र सक्ने तयारी छ।

पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सकिएको छ। यसैगरी अन्य विषयका उत्तरपुस्तिकाहरू पनि क्रमशः परीक्षण हुनेछन् । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी स्वरूप उत्तरपुस्तिका परीक्षलाई तीव्रता दिइएको छ।