काठमाडौँ। प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक सिंहदरबारमा बस्यो।
बैठकमा सहभागी हुन गत २१ फागुनमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरू संसद् भवन पुगे। कोही चिनापर्चीकै थिए। कोही नौला थिए। नवनिर्वाचित सांसदहरू आपसमा बधाई‚ शुभकामनासँगै आत्मीयता साटासाट गरे।
यसैक्रममा प्रतिनिधिसभा बैठक सहभागी हुने क्रममा प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङबीच आत्मीयतासहित ‘हस्तमिलन’ अर्थात् हात मिलाए। अंकमाल गरे अनि छोटो संवाद पनि गरे।
शाह र साम्पाङ दुवै स्थानीय तहको नेतृत्व गरेर संसद्मा आएका नेता हुन्। यसअघि शाह काठमाडौँ महानगरपालिकाका मेयर थिए भने साम्पाङ धरान उपमहानगरपालिकाका मेयर थिए।
हेर्नुहोस् प्रधानमन्त्री शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङबीच सदनमा भएको भेटका थप तस्बिर :
