काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ।

बिहीबार (१९चैत) अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका हुन्।

त्यस्तै मन्त्रीहरूले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनमा केन्द्रित हुनसमेत निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए।

बैठकमा राजस्व चुहावट रोक्न विभिन्न विभागले गरिरहेका कामबारे सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए।

राजस्वको लक्ष्यमा पुग्न ‘टास्क फोर्स’ गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरी काम गर्ने र अर्को बैठकमा समीक्षा गरिने पाण्डेयले बताए।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।