काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश संरचना खारेज गर्ने भए दुईतिहाइ पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सघाउने बताएको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मुलुकको अर्थतन्त्रले प्रदेश संरचना धान्न नसक्ने भन्दै तत्काल खारेज गर्न माग गरे।
उनले यसका लागि वर्तमान सरकारलाई दुईतिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताए। वार्षिक झन्डै एक खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै उनले यसलाई खारेज गर्नुपर्नेमा जोड दिए।
उनले मुलुकको अर्थतन्त्रले प्रदेश संरचना धान्न नसक्ने दाबीसमेत गरे। प्रदेश संरचना केवल राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनेको उनको आरोप छ।