काठमाडौँ। आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ।
बुधबार भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो। दिल्लीले दिएको १४२ रनको लक्ष्य लखनउले १७ बल अगावै पूरा गर्यो।
१४२ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै केएल राहुलको विकेट गुमाएको थियो। उनले खाता समेत खोल्न सकेनन्। त्यसपछि टोलीले २६ रनमा ४ विकेट गुमाइसकेको थियो। यसक्रममा पथुम निसांका १ रन, नीतीश राणा १५ रन र कप्तान अक्षर पटेल शून्यमै आउट भए।
त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले पाँचौं विकेटका लागि ७६ बलमा १ सय १९ रनको साझेदारी गर्दै टोलीलाई १७ बल बाँकी छँदै जित दिलाए। रिजवीले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७० रन बनाए भने स्टब्स ३९ रनमा अविजित रहे।
लखनऊका लागि प्रिन्स यादवले २० रन दिएर २ विकेट लिए भने मोहम्मद शमी र मोहसिन खानले १–१ विकेट लिए।
यसअघि लखनऊले मात्र १ सय ४१ रन बनाउन सक्यो। कप्तान ऋषभ पन्त ७ रनमै आउट भएपछि टोली दबाबमा आयो। त्यसपछि मिचेल मार्शले एडेन मार्करम (११ रन)सँग २९ रनको साझेदारी गरे। मार्शले ३५ रनको योगदान दिए। ७१ रनमा टोलीले ५ विकेट गुमाएको थियो।
त्यसपछि अब्दुल समदले मुकुल चौधरीसँग ३४ रन र शाहबाज अहमदसँग ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पु¥याए। समद २५ बलमा ३६ रन बनाएर आउट भए भने शाहबाज अहमद १५ रनमा अविजित रहे। मुकुलले १४ रन जोडे।
दिल्लीका लागि लुंगी एनगिडी र टी नटराजनले ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट र अक्षर पटेलले १ विकेट लिएका थिए।