काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले बिहीबार व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौँ अदालतका स्रेस्तेदार तीर्थराज भट्टराई जानकारी दिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा अध्यागमन विभागले यही २७ चैतमा भट्टलाई कालोसूचीमा राखेको थियो।