काठमाडौँ। संसद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो।
२१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक संसद् बैठक बसेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही १६ चैतमा नेपालको संविधानबमोजिम आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र १ स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।