काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
बिहीबार मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) वा सो सरहका कर्मचारीलाई रिक्त रहेका स्थानमा नियुक्त गरेको हो। ती कर्मचारीहरू विभिन्न मन्त्रालय तथा सरकारी निकायबाट स्थानीय तहमा पठाइएका हुन्।
प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेहरूमा विभिन्न मन्त्रालयअन्तर्गत कार्यरत शाखा अधिकृतहरूको संख्या बढी रहेको मन्त्रालयले जनाएको छ। यससँगै केही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई पनि गाउँपालिकामा सरुवा गरिएको छ।