काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
गएराति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन्। चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।
घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन्। निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरेका छन्।