काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० चैत्र २०८२
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्री। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। पश्चिम एसियामा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ नेपालीको शव ल्याउन ढिलाइ भएको छ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले इजरायल, अमेरिका र इरानबीचको तनावले उडान अनियमित हुँदा शव ल्याउन कठिनाइ भएको जानकारी दिए।

उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा पाँच, आबुधाबीमा चार, तेल अबिबमा तीन, कतारमा दुई तथा ओमान र बहराइनमा एक-एक गरी ३८ शव नेपाल ल्याउन बाँकी छ।

पश्चिम एसियाको द्वन्द्वमा अहिलेसम्म एक नेपालीको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २१ जना घाइते भएका छन्। असहज परिस्थितिमा रहेका नेपालीको विवरण संकलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएका छन्।